काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने उनको भनाई छ ।
यद्यपि हाललाई उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलाइएको छैन ।
उनले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।












