५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने औषधि पसललाई रु दुई लाख जरिवाना



अ+ अ-

बाँके । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले रु दुई हजार २०० परेको अक्सिमिटर रु तीन हजार एक सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । 

खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही रु २० हजारका दरले जरिवाना गरेको थियो । रासस