२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक संस्थानमा रु ६ खर्ब लगानी, यी हुन् उच्च नाफा र नोक्सानीमा रहेका संस्थान



अ+ अ-
काठमाडौँ । राज्यको खर्बौ रकम लगानी भएका अधिकांश सार्वजनिक संस्थानको प्रगति विवरण निराशाजनक छ ।
आर्थिक वर्ष २०७८/७९ मा २५ संस्थान नाफामा छन् । ती कम्पनीहरुको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको छ ।
दुई वटा सार्वजनिक संस्थान बन्द अवस्थामा छन् । जनकपुर चुरोट कारखाना बन्द अवस्थामा छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामै छ ।
नोक्सानीमा सञ्चालन भइरहेको संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावासायिक कारोबार नभएको अवस्था छ । नेपाल रेल्वे कम्पनीले पनि व्यवस्थित रुपले गति लिन सकेको छैन ।
अर्थमन्त्रालयका अनुसार सो अवधिमा सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई रु १ खर्ब १२ अर्ब ७१ लाख पुगेको छ । सञ्चित नोक्सानी अघिल्लो आवको तुलनामा १७६.८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सबै संस्थानको सञ्चित नाफामा ४२.९० प्रतिशतले कमी आई ५२ अर्ब ४० करोड ७८ लाख पुगेको छ ।
६ अर्बभन्दा बढी लगानी
समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.९७ प्रतिशतले बढेर ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको छ । अघिल्लो आवको तुलनामा शेयर लगानी ४.५४ प्रतिशतले बढेर ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ भने ऋण लगानी १४.४९ प्रतिशतले बढेर २ खर्ब ८९ अर्ब २३ करोड ७१ लाख पुगेको छ ।
उच्च नाफा आर्जन गर्ने पाँच संस्थान
आर्थिक वर्ष २०७८/७९ मा बढी खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष छन् ।
विद्युत प्राधिकरणको खुद नाफा १३ अर्ब ३७ करोड ४७ लाख छ भने नेपाल दूरसञ्चार कम्पनीको खुद नाफा ८ अर्ब ४७ करोड ७ लाख छ । साथै राष्ट्रिय वाणिज्य बैंकपको खुद नाफा ४ अर्ब २९ करोड २८ लाख, नागरिक लगानी कोषको खुद नाफा ३ अर्ब १० करोड ४२ लाख र निक्षेप तथा कर्जा सुरक्षण कोषको खुद नाफा ३ अर्ब १ करोड ५० लाख छ ।
उच्च नोक्सान हुने पाँच संस्थान
उच्च नोक्सान हुने पाँच सार्वजनिक संस्थानमा नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान र नेपाल औषधि लिमिटेड छन् । नेपाल आयल निगम ३८ अर्ब १७ करोड ७८ लाख र नेपाल वायुसेवा निगम १ अर्ब ७० करोड ३१ लाख नोक्सानीमा छन् । साथै नेपाल खानेपानी संस्थान ३९ करोड ५४ लाख, दुग्ध विकास संस्थान ३७ करोड पाँच लाख र नेपाल औषधि लिमिटेड १३ करोड ८७ लाख नोक्सानीमा छन् ।
सबै सार्वजनिक संस्थानमा हाल २०७९ असार मसान्तसम्म २९ हजार ७३६ जनशक्ति कार्यरत छन् ।