२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा बेस क्याम्पमा फ्याँकिएको फोहोर देखेर रिसाइन् कंगना



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो बोल्ने शैलीका लागि परिचित छिन् । यतिबेला नायिका आफ्नो बहुप्रतिक्षित फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । फिल्मसँगै कंगना सामाजिक मुद्दामा पनि निकै सक्रिय छिन् । अभिनेत्री कुनै पनि गम्भीर विषयमा आफ्नो विचार व्यक्त गर्न पछि हट्दिनन् ।

यसैबीच कंगनाले सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा कमेन्ट गरेकी छिन् । वास्तवमा यो भिडियो सगरमाथा आधार शिविरको हो, जहाँ धेरै फोहोर फैलिएको छ । यो सेयर गर्दै उनले संसारलाई मानिसबाट बचाउन आवश्यक रहेको लेखेकी छन् ।

अभिनेत्रीले मंगलबार हिमालयको आधार शिविर सगरमाथा नजिकै उक्त भिडियो सेयर गरेकी हुन् । यस भिडियोमा त्यहाँ धेरै फोहोरहरू फैलिएको देख्न सकिन्छ । भिडियो शेयर गर्दै उनले लेखेकी छन् कि मानिसहरु आफूलाई भगवान मान्छन् ।

तिनीहरूको वास्तविकता जाँच गर्नुपर्छ । तिनीहरू जताततै आफ्नो दुर्गन्धित पदचिह्न छोड्छन् । प्रकृतिको सम्मान गर्दैनन् । धेरै ट्विटर प्रयोगकर्ताहरू कंगना रनावतसँग सहमत छन् ।