२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्ने



अ+ अ-

काठमाडौँ । संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निस्कर्ष निकालेको छ ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधवार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निस्कर्ष निकालेको हो ।

समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएपनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको भन्दै यस सम्बन्धमा महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गरि सत्यतथ्य पहिचानको लागि पहल गर्नुपर्ने बताएको छ ।

त्यस्तै २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त मन्दिर प्राङ्गणका विभिन्न संरचनाहरुको पुन:निर्माणको कामलाई तिब्रता दिनुपर्ने जनाएको छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोषसँग भाडा सम्झौता गरी मारवाडी सेवा समितिले चलाइरहेको सटरहरुको नयाँ भाडादर कायम गर्नुपर्ने देखिएको भन्दै त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी निस्कर्ष निकाल्नुपर्ने पनि समितिको सुझाव छ ।

समितिले २०७९ चैत्र २६ गते पशुपति क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । सो अनुगमनको क्रममा देखिएका समस्याहरुको समाधान गर्न समितिले विभिन्न सुझावहरु दिएको हो । समितिले श्लेषमान्तक वनमा मृत शरीर गाड्ने अवाञ्छित गतिविधि भइरहेको भन्दै उच्च शतर्कता सहितको सुरक्षा तथा निगरानी प्रणाली अवलम्वन गर्नुपर्ने उल्लेख गरेको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सन्तोषजनक नदेखिएकाले यसतर्फ पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको उपसचिव सरिता राना मगरले बताउनु भयो । पशुपतिनाथ मन्दिर परिसरभित्रका अन्य मन्दिरहरुको सुरक्षाका लागि व्यवस्थित सुरक्षा प्रणाली अपनाउनुपर्ने पनि उहाँले बताउनु भयो ।

 




भर्खरै