२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकले १७९ जनालाई जागिर खुलायो



अ+ अ-
काठमाडौँ । कृषि विकास बैंकले एकै पटक ठूलो संख्यामा जागिर खुलाएको छ । बैंकले आज विज्ञापन प्रकाशित गर्दै चार तहदेखि ९ तहुसम्म जागिर खुलाएको छ । चार तहमा सहायक स्तरको लेखापालदेखि नौ तहको अधिकृत स्तरको वरिष्ठ शाखा प्रमुख पदमा जागिर खुलाएको हो ।
बैंकले नौ तहमा एक जना, ८ तहमा ४ जना, ७ तहमा ७ जना, ६ तहमा ५५ जना, पाँच तहमा ४२ जना र चार तहमा ७२ जनाका लागि जागिर खुलाएको हो ।  बैंकले आन्तरिक प्रतिष्पर्धातर्फ भने पाँच तहदेखि १० तहसम्म ३६ जना गरी १७९ जनाका लागि जागिर खुलाएको हो । बैंकले खुलामा ९२, महिलामा २८, आदिवासी जनजातितर्फ २७, मधेसी कोटामा १७, दलित ९, अपांग २ र पिछडिएको क्षेत्रतर्फ ४ जनाका लागि जागिर खुलाएको हो ।
बैंकले आगामी असार ७ गतेसम्म इच्छुकले दरखास्त दिन सक्ने उल्लेख गरेको छ । साथै दोब्बर दस्तुर तिर्नेका लागि त्यसपछि असार १४ गतेसम्मका लागि समय छुट्याइएको छ ।