२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय



फाईल फोटो
अ+ अ-

बलेवा । परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ ।

बागलुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन् । केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा निकै लोकप्रिय थियो । परियार समुदायका पुराना व्यक्ति घटदै जाने र नयाँ पुस्ताले सीप नसिक्दा बाजा लोप हुने अवस्थामा पुगेकाले मगर समुदायले बाजा संरक्षणमा ध्यान दिएको हो ।

साविकको गदातुम्डाँडा गाविसभित्रका हरेक सार्वजनिक कार्यक्रमदेखि विवाह र विभिन्न धार्मिक कार्यमा पनि यहाँका बाजा लोकप्रिय थिए । बडिगाड गाउँपालिका–१ दगातुम्डाँडामा पञ्चेबाजाका लागि अन्य पञ्चेबाजा समूहजस्तै लोकबहादुर दर्जीको समूह पनि सक्रिय थियो । पञ्चेबाजाका नाइके लोकबहादुरको दुई वर्ष अगाडि मृत्यु भएपछि उक्त समूह नै निष्कृयजस्तै भएको छ ।

बाजा समूहका प्रमुख नै नभएपछि उक्त समूह नै गुमनामजस्तै भयो । युवा वैदेशिक रोजगारीमा गएका र वृद्धले बजा बजाउन नसक्ने भएपछि गाउँमा बाजा बजाउन जान्ने खासै कोही भएनन् ।

दलित र जनजाति समुदायको बसोबास रहेको बडिगाड–१ मा फेरि अहिले पञ्चेबाजा पहिलेजस्तै घन्किन थालेको छ । बडिगाड–१ तुम्डाँडाका यमबहादुर भुजेल मगरको नेतृत्वमा रहेको पञ्चेबाजा समूहले अहिले पञ्चेबाजा बजाउने गरेको छ ।

नैमती मगर बाजा समूह गठन गरेर उनीहरुले २०७९ असोज १ गतेदेखि बाजा बजाउन सुरु गरेका हुन् । समूहबाट सङ्कलित सहयोग रकमबाट रु दुई लाखको लागतमा बाजाको सेट खरिद गरेर बाजा बजाउन सुरु गरिएको नेतृत्वकर्ता मगरले बताउनुभयो । “बाजा बजाउन त जानेको हैन किनौँ, सिकौँ र बजाउ भनेर ऋण गरेर भए पनि रु दुई लाखमा बाजा किनियो अझै रु ३० हजार जति क्रण बाँकी छ”, उहाँले भन्नुभयो, “अझै पनि सिक्ने क्रममै चलिरहेको छ । बाजा बजाउन पनि हिँडिन्छ । रकम जम्मा गर्न कोष पनि खडा गरेका छौँ ।”

तुम्डाँडाको पञ्चेबाजको अर्को राम्रो पक्ष भनेको समूहमा ३५ देखि ५५ वर्ष उमेरका युवा छन् । उनीहरु विदेशमा दु:ख गरेर नेपालमै केही गर्ने उद्देश्यले आएकाहरू भएकाले सो समूहले निरन्तरता दिन सक्ने स्थानीयवासीको भनाइ थियो । अहिलेसम्म आफूहरूले ज्याला तोकेर हिँड्ने नगरेको तर बोलाएका ठाउँमा रू आठ/दश हजारमा नघटाई पाउने गरेको यमबहादुरले बताउनुभयो ।

“म आफैँ पनि २०५३ सालमा २७ वर्षको उमेरमा कतार गएको थिएँ । तीन महिनामा मेडिकल फेल भएपछि नेपाल आएर पनि धेरै काम गरे । अहिले पनि म २०६६ सालमा स्थापित हर्वल साबुन उद्योगको मालिक हुँ तर कला संस्कृतिको संरक्षण गर्ने हेतुले बाजा समूहमा पनि आबद्ध छु”, उहाँले भन्नुभयो ।

विशेषगरी बाजा समूहमा स्थानीयस्तरमै ज्यालामजदुरी गर्ने युवा भएकाले समूहलाई बाजा बजाउने सदस्य नपुग्ने समस्या छैन । बरु बाजा बजाएर आएको रकमबाट सामाजिक कामसमेत समूहले गर्ने गरेको छ ।

बाजा समूहका सदस्य तोरन मगरका अनुसार समूहका सदस्यले बाजा बजाउन जाँदा आउने रकम सबै कोषमा राख्ने र अलि कति मात्रै बाढ्ने गरेका छन् । अन्य रकम बाजा किन्दाको ऋण तिर्न र सामाजिक कामको लागि कोषमा राख्ने गरिएको छ ।
प्राय: तोरनजस्तै अन्य सदस्य ज्याला मजदुरीमै रमाउँछन् । रासस




भर्खरै