५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचको महिमागान – प्रचण्ड, देउवा, यादव, भट्टराईदेखि कान्छी भाउजुसम्मलाई झटारो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राजनीतिक किचलो बढिरहेको बेला पाँचको महिमागान भन्दै लेख सार्वजनिक गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत प्रकाशित गर्दै ५ बुँदामा टीप्पणी गरेका छन् । उनले महाभारतमा पाँच पाण्डवको विषय अथ्र्याउँदै नेपालमा २४० वर्षे ईतिहासमा पनि श्री ५ निरन्तर भएको जसले पञ्चायती निरंकुश शासन चलाएको स्मरण गराएका छन् ।

पञ्चायतसमर्थकहरु पञ्च कहलिए जस्तै अहिलेको राजनीतिक तरलतामा पनि पाँचहरुको गुट खुव चलिरहेको उनको तर्क छ । 

समयले यस्तो नयाँ हैसियतका साथ  देउवा, दाहाल, नेपाल, यादव र ‘कान्छी भाउजु’ एकसाथ सक्रिय भूमिकामा उभ्याइदिएको भन्दै कटाक्ष गरेका छन् । 

उनको लेखः
पाँचको महिमागान –
पञ्चतत्वको बारेमा त कुरै नगरौं,
महाभारतमा पाँच पाण्डव थिए, 
नेपालमा २४० बर्षतक श्री पाँच निरन्तर थिए,
तीस बर्षसम्म पञ्चायती निरंकुश शासन चलेको थियो,
पञ्चायतका समर्थकहरू पञ्च  कहलिन्थे, 
कूटनीतिमन पञ्चशीलको सिद्धान्त छ,
लय मिलाउन तीन पार्टीमा दुई टुक्रा मिसावट गरिएको छ,
तब 'पाँचको मोर्चा' अस्तित्वमा रहेको छ, 
र, 'पाँच'मोर्चा सक्रिय छ –
अर्थात् आजकल 'पाँच'हरूकोूगुड जबू चलिरहेको छ, पहिले सात,आठ र नौ वाम समूह थिए, त्यस्तै !
समयले यस्तो नयाँ हैसियतका साथ  देउवा, दाहाल, नेपाल, यादव र हाम्री कान्छी भाउजुलाई एकसाथ सक्रिय भूमिकामा उभ्याइदिएको छ कि पूरै २० प्रतिशतमा महिला सहभागी !
दिनहुँजसो वक्तव्य निकाल्नु 'पाँच'को नित्य कर्तव्यजस्तै बनेको छ ।

संविधान, कानुनले नेपाल र यादवजीको उपस्थितिमा प्रश्नचिह्न खडा छ । तर यादवका साथ 'बहुराष्ट्रिय राज्यूको नीति हाजिर छ, कान्छी भाउजुको हस्ताक्षरका साथूसंघीयता खारेजीूको दुर्लभ नीति, दाहालसँगै देशले अस्वीकार गरेको 'हिंसा, जातीय संघीयता र कम्फर्टेवल सरकारूको कठीन प्रयाश, अनि देउवा दाजुको हस्ताक्षरमा 'प्रतिगमनको सारथि बनेको ऐतिहास अनुभव र गोर्खाली राजाले गरेको न्याय !

समष्टिमा तथाकथित प्रतिगमनको नक्कली भाष्य र न्यारेटिभका लागि मार्क्सवादमा हेगेल र फायरवाखकोजस्तो योगदान, सिर्जनशीलता र वैज्ञानिक विकास । गज्जब !!
पाँचमै हेरौं त-

१. देउवा दाजु प्रतिगमनदविरूद्दका नायककै रूपमा स्वीकारिनु भएको छ । तर लुई बोनापार्टको आठौं ब्रुमेर पढ्ने हो भने खास प्रतिगमन ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते दाजुकै सबल काँधमा सवार भएर लादेका थिए। अर्थात, प्रतिगमनको मतियार भएर सेवा गरेको अविस्मरणीय अनुभव दाजुको छ ।

कैलालीको चुनाव 'पारिवारिक लोकतन्त्र'को कस्तो नमुना अभ्यास थियो ? २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भोग्ने मा. नारदमुनि रानाथारूले सायद बिर्सनुभएको छैनहोला । उहाँको लोकतन्त्रको दुस्ख त शीतलनिवास र सर्वोच्च अदालतामा लगिएका अरूअरूका हस्ताक्षरहरूमै स्पष्ट छ । वीपी, केपी, जीपीले नेतृत्व गरेको नेपाली काँग्रेसको इतिहास सायद आजकल डा। सूर्यमणि अधिकारीको पुस्तकमा स्तब्ध छ होला । तर अधिनायकवादविरूद्द लड्नु जो छ र पाँचौ पटक प्रधानमन्त्री बन्न खोज्दा रोकेर हाँस्न र रूनसमेत दिइइको छैन। यसरी ज्योतिषलाई नै झूठ सावित गर्न पाइन्छ ?

२.दाहालको नेतृत्वमा ३३ बर्ष लामो निरन्तर पार्टीको एकल मुख्य नेतृत्वमा आसीन विराट अनुभव छ, जनताका छोराछोरीको काँधमा बन्दुक राखी १७ हजार मानिसको मृत्युपर्व लगाएर इतिहासका कोत र भण्डारखाल पर्वहरूलाई जित्दै आफूले बरू युद्धकालमा नोयडा र अरू छिमेकका विभिन्न स्थानमा सपरिवार ूफाइभस्टारू सुविधा, सुरक्षा र सुखभोग गरेको नेतृत्वकलाको विरासत छ । अनि, दुईपटक प्रधानमन्त्री भएबाहेक राजकीय जिम्मेवारीमा छोरा, बुहारी,छोरी, ज्वाईसाहेबहरूको गच्छेपिच्छे उपस्थिति गराउने र दाहालतन्त्रकै झझल्को दिलाउँने अभ्यास गरेपनि तेस्रोपटक प्रधानमन्त्री हुन रोक्ने प्रतिगामी कार्य असैह्य भएको छ। 

३. 'वरिष्ठ नेता' को नाममा नेपालले गरेको हस्ताक्षर कुखुराको शिरमा मयुरको प्वाँख सिउरिएजस्तो पो देखिइरहेको छ । सांसद र पूर्व सांसदहरूका हस्ताक्षर बिक्री र थानगन्ती गर्दै धेरै भविष्य बोकेका र क्षमतावान कार्कर्ताहरूलाई एम्बुसमा पार्नेक्रम चल्दो छ। १६ बर्ष पार्टी प्रमुख हुँदा पाउमा दाम होस् कि पश्चिम ढोकामा बिन्तिपत्र चढाएर पनि संभव नभएको तर दुईदुई ठाउँमा चुनाव हार्दा पनि सौभाग्यवश प्रधानमन्त्री भएर हालीमुहाली गरेको अनुभवलाई 'अपमान' गर्ने रु महाधिवेशनमा पराजित भएर कार्की बैंक्वेट पार्टीको स्वघोषित अध्यक्ष बन्दै मुसुक्क मुस्कुराएको 'विधि-पद्दति'को नेपाल-रटान २०७७ फागुन २३ यता आएर भने घायल र रनभुल्ल छ। कहिलेकहिले बुढानिलकण्ठ त बिहान-साँझ खुमलटारमा हाजिरी तामेल गर्न भ्याइनभ्याई चलिरहेको छ!!!

४. यादवको जातीय 'यादव राज्यूको स्थापनाको पार्टी अभ्यास फोरमदेखि सजपासम्मै स्पष्ट देख्नेहरूले रमाइलो गरेको पाइन्छ । नश्लीय अभ्यासका साथ 'पहिले यादव, अनि अरू ! उहाँको असली पार्टी, लोकतन्त्र र राष्ट्रियता रहेको तथ्य व्यवहारले नै प्रष्ट गरेको छ। राणाकालीन क, ख, ग र घ श्रेणीको वर्गीकरणजस्तै तुलनात्मक अभ्यास हेर्दा क० यादव ख० तराई – मधेसका अन्य जनवर्ग ग० मुस्लिम र घ०  राई, भट्टराई र श्रेष्ठको हैसियत अभ्यास भइरहेको छ। यसको गहिरो अनुभूति सायद बाबुराम यमिले राम्रोसँग गर्नुभएको छ होला ।

५. कान्छी भाउजू त प्रतिनिधिपात्र मात्रै हो  – उपाध्यक्ष १ उहाँलाई सजिलो छ, ४७ बर्षदेखि निरन्तर 'महामन्त्रीू भई नेतृत्व  गर्दै आउनुभएका माल्दाई जो हुँदै हुनुहुन्छ । आवश्यक  परे 'धोवी' सिद्धान्तको प्रतिपादन गरेर भए पनि भोट एमालेको लिएर जित्ने, हस्ताक्षर गर्न आदेशपालकका रूपमा घरबाटै 'नौलो जनवादीू उपस्थिति छँदैछ। दस्तावेजमा कांग्रेस, सजपालाई प्रतिक्रियावादीर राष्ट्रघाती, अनि दाहाल नेपाललाई संशोधनवादी, 'क्यारिरिष्ट' र नक्कली कम्युनिस्ट लेखेर कार्यकर्ता दीक्षित गर्ने, सत्तामुखी टालाली बटुली कति राम्री पुतली मोर्चाचाँहि त्यसविपरीत गर्ने – बिर्सने रोग याने अल्जाइमरको समस्या गज्जपकै पो हो कि चाहिएजस्तै गर्ने ?

प्रतिगमनविरूद्द, लोकतन्त्र, समाजवाद र राष्ट्रियता, अनि जनजिविकाको पक्षमा पाँचैजनाका साझा विशेषता श्रीस्वस्थानी ब्रतकथाको 
प्रसाद वितरण महिमाद्वारा निर्देशित छः
'सके आफ्नो छोरालाई दिनु, 
आफ्नो छोरा नभए मीत छोरालाई दिनु
मीतको छोरा पनि नभए गंगाजीमा बगाइदिनु !'
……………………
समवेत् श्वरमा भनौं 
आऊ मिलाऊ हाम्रा हातहरू 
र 'पाँच'कै व्यवहारमा परीक्षण गरौं !