२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखसँग ‘जवान’मा देखिँदै ‘असुर २’ अभिनेत्री रिद्धि



अ+ अ-

एजेन्सी । अभिनेत्री रिद्धि डोगरा वेब सिरिज ‘असुर २’ को कारण चर्चामा छिन् । यो सिरिजको पार्ट १ तीन ​​वर्षअघि रिलिज भएको थियो र पहिलो सिजनले जति प्रतिक्रिया पाएको थियो, यसपटक पनि राम्रो प्रतिक्रिया पाउनेमा नायिका ढुक्क छिन् । यो प्रोजेक्ट बाहेक रिद्धि शाहरुख खानको आगामी फिल्म ‘जवान’ मा पनि देखिने भएकी छन् ।

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा फिल्मसँग सम्बन्धित आफ्नो अनुभव साझा गर्दै रिद्धिले भनिन्, ‘मैले यो फिल्मको कुनै अर्को पात्रको लागि अडिसन दिएको थिएँ । एक वर्षपछि टिमबाट फिल्मका निर्देशक तिमीलाई भेट्न चाहन्छन् भन्ने फोन आयो । त्यो दिन मेरो लागि धेरै विशेष थियो किनकि त्यही दिन मेरो हजुरबुवाको जन्मदिन थियो, जो अब यो संसारमा हुनुहुन्न । त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ ।’

शाहरुखसँग काम गर्नेबारे अभिनेत्रीले थप भनिन्, ‘शाहरुखसँग सुटिङ गर्नुअघि र उहाँसँग सुटिङ गरेपछि मैले फरक पाएँ । उहाँ एक धेरै नम्र र अविश्वसनीय विनम्र सह–अभिनेता हुनुहुन्छ । उहाँसँग काम गर्ने वातावरण निकै सहज भएको छ ।’

३ वर्षपछि वेब सिरिज ‘असुर २’ को पर्दामा फर्किएको सन्दर्भमा ऋद्धि भन्छिन्, ‘यो सिजनको कथा अघिल्लो सिजनको तुलनामा निकै भव्य छ । यसपटक धेरै कुराहरु हुने गरेको देखिन्छ । २०२० मा लकडाउनका बेला यो शो आउँदा पनि हामीले कसैको बुद्धिको मजाक उडाएनौं । हामी दर्शकहरूको स्मार्टनेसलाई धेरै सम्मान गर्छौं ।’

‘जवान’, ‘असुर २’ बाहेक रिद्धि डोगरा सलमान खानको ‘टाइगर ३’ मा पनि देखिनेछिन् ।