२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालबाट उठ्यो १०९ मेट्रिक टन फोहोर



अ+ अ-

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथागायतका उच्च हिमाल आरोहणका क्रममा बेवारिसे अवस्थामा फ्याँकिएका आरोहीका सामानसहित १०९ मेट्रिकटन फोहोर नेपाली सेनताले संंकलन गरी व्यवस्थापन गरेको छ ।

हिमाली क्षेत्रको पर्यावरण स्वच्छ र सफा राख्ने सरकारको नीतिअनुरुप सेनाले सन् २०१९ देखि हिमाल सफा अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरयण दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा विशेष समारोहका बीच हिमाल सफा अभियान २०२३ सम्पन्न भएको हो ।

प्रधान सेनापछि प्रभुराम शर्माले हिमाल सफा अभियानमा सहभागी सैनिक टोली, स्थानीय निकाय, शेर्पा समूदाय तथा अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई कदरपत्रसहित सम्मान गर्नुभयो । उहाँले हिमाली क्षेत्रको पर्यावरण संरक्षण गर्न सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्दै आरोहीले प्रयोग गरेका वस्तु फिर्ता ल्यानै पर्ने कानूनी व्यवस्था गर्न जरुरी भएको धारणा राख्नुभयो ।

माउन्टेनियरिङ एक्पिडिसन अवधारणा अनुरुप सेनाले संकलन गरेको फोहोरलाई कुहिने र नकुहिने वर्गीकरण गरी कुहिनेलाई स्थानीय निकाय र नकुहिने फोहोरलाई पुनः प्रयोग गर्ने कम्पनीको जिम्मा लगाएको छ ।

हिमाल सफाइ गरी पर्यटन तथा वातावरण प्रवर्द्धनमार्फत स्थानीय बासिन्दाको दिगो विकास तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न हाम्रो हिमाल हाम्रो दायित्व भन्ने नारासहित नेपाली सेनाले हिमाल सफाइ अभियान सुरु गरेको हो ।