२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लग्जरी कारभन्दा महँगा छन् यी भैंसीहरु



file
अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतको पशुपालन क्षेत्रमा तीव्र वृद्धि भएको छ । मानिसहरूले उच्च जातका गाई र भैंसी ठूला मात्रामा पाल्न थालेका छन् । मुर्रा नस्लका भैंसीहरू पनि उनीहरूको उच्च दूध उत्पादनका कारण किसानहरूमाझ लोकप्रिय हुँदै गएका छन् । भैंसी पालन सुरु गर्न कृषकलाई भारत सरकारले अनुदान पनि दिन्छ ।

भारतमा कतिपय भैंसी छन् जो दूध उत्पादन क्षमताका कारण लोकप्रिय छन् । तीमध्ये सरस्वती, रेश्मा र गंगा नामका तीन भैँसी प्रमुख छन् ।

यी भैंसीको नाममा विभिन्न वर्षमा सबैभन्दा बढी दूध दिने कीर्तिमान पनि छ । विशेष कुरा के छ भने यी तीन भैँसीका मालिक हिसारका बासिन्दा हुन् । यसबाहेक यी भैंसीको मूल्य सुनेर तपाई पनि छक्क पर्नुहुनेछ ।

हरियाणाको हिसारको लितानीका सुखवीरको सरस्वती नामको भैँसी छ । यो भैंसी पनि मुर्रा जातको हो । दूध उत्पादन क्षमताका कारण सरस्वती मानिसमा लोकप्रिय छ । यो भैंसीले सन् २०१९ मा ३३ किलो दूध दिएर कीर्तिमान बनाएको थियो । सरस्वती भैंसीको दूध निकाल्न दुई जनाले संघर्ष गर्नुपरेको थियो । यो भैंसीको मूल्य ५१ लाख रुपैयाँ (भारु) रहेको बताइएको छ ।

हिसारको बुढाखेडाका नरेशको मुर्रा जातको रेश्मा भैंसीले सन् २०२२ मा ३३.८ लिटर दूध दिएर राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । यो भैंसी भारतमा सबैभन्दा धेरै दूध दिने भैंसी हो । रेश्माले पहिलो पटक बच्चा जन्माउँदा १९–२० लिटर दूध दिएकी थिइन् । दोस्रो पटक ३० लिटर दूध दिइन् । तेस्रो पटक आमा बनेपछि रेश्माले ३३ दशमलव ८ लिटर दूध लिएर नयाँ कीर्तिमान बनाएकी हुन् ।

रेश्माको दूध निकाल्न दुई जनाले संघर्ष गर्नुपरेको छ । यो भैँसीको मूल्य ४५ लाख रुपैयाँ (भारु) रहेको बताइएको छ ।

गंगा नामको मुर्रा भैंसी यतिबेला चर्चामा छ । यो भैसीले एक दिनमा ३१ लिटर दूध दिएर यो वर्ष नयाँ कीर्तिमान बनाएको छ । यसअघि पनि यो भैंसीले धेरै कीर्तिमान आफ्नो नाममा दर्ता गरिसकेको छ । यो भैँसीको मूल्य १५ लाख रुपैयाँ (भारु) तोकिएको छ ।

 




भर्खरै