२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भए बेन्जेमा



अ+ अ-

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

३५ वर्षीय बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिडबाट बाहिरिएलगत्तै इतिहादमा भित्रिएका हुन् । उनले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् । उनले १४ वर्षपछि रियल छाडेका थिए ।

बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जेमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् ।

रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । रियलका पूर्वखेलाडीद्वय अब भने एक–अर्काका प्रतीद्वन्द्वी हुने भएका छन् ।

यसैबीच, अर्जेन्टिनी खेलाडी लियोनल मेसी पनि साउदी क्लबमा अनुबन्ध हुन सक्ने चर्चा छ । उनको पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको सम्झौता सकिसकेको छ भने गत शनिबार क्लबका लागि अन्तिम खेल खेलेका थिए ।