२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमाथिको छलफल जारी, राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने



अ+ अ-
काठमाडौँ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल दुवै सदनमा जारी छ ।
प्रतिनिधिसभाको आज विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकको ६०औँ प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । साथै आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । साथै आजको बैठकमा नेकपा (एमाले)का तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, २०६३ सालको संविधानसभामा मन्त्रिपरिषद्बाट  मनोनीत सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पेस हुनेछ ।
साथै राष्ट्रियसभाको बैठक विहान ११ः३१ बजे बस्नेछ । जसमा  आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ भने त्यसक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुहुने सम्भावित कार्यसूची छ ।