२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

गैँडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

नदीमा डुबेर गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् । गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् ।

बेपत्ता भएका दुवै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सूचना अधिकारी पाठकले बताए ।