२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड नाघे



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक
अ+ अ-

काठमाडौं: नेपालमा पछिल्लो समय इन्टरनेटमा आधारित भुक्तानी प्रणाली कारोबारमा व्यापक वृद्धि हुन थालेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा, यही २०८० वैशाख महिनाभित्रमा मोबाइल बैंकिङ ग्राहकको संख्या २ करोड ७ लाख पुगेको छ । गत चैतमा यो संख्या २ करोड ४ लाख थियो । गत वर्ष बैशाखमा भने मोबाइल बैंकिङ ग्राहक एक करोड ७६ लाख थिए ।

कारोबारका दृष्टिबाट २०८० बैशाखको एक महिनाको अवधिमा करिब रु. २१ खर्ब बराबरको कारोबार भएको थियो । जबकी गत वर्ष २०७९ बैशाखमा रु. ११ खर्ब ३६ अर्ब थियो ।

यस्तै, क्युआर प्रविधिबाट हुने भुक्तानी पनि निरन्तर बढ्दै गएको छ । २०८० बैशाखमा मात्र रु. २६ अर्ब भुक्तानी भएको छ । त्यसैगरी, वालेट मार्फत बैशाखमा मात्र रु. १९ अर्ब २५ करोडको भुक्तानी भएको छ ।

राष्ट्र बैंकका अनुसार, २०८० बैशाख महिनासम्ममा देशभर विभिन्न वित्तीय संस्थाका ४ हजार ७१६ वटा एटिएम मेसिन रहेका, डेबिट कार्ड धारकको संख्या एक करोड १७ लाख ६० हजार, क्रेडिट कार्ड २ लाख ७४ हजार ६९०, प्रिपेड कार्ड एक लाख ३३ हजार, इन्टरनेट बैंकिङ ग्राहकको संख्या १८ लाख ३ हजार, ब्रान्चलेस बैंकिङ सेन्टर १ हजार ३५५, आरटिजिएसमा आबद्ध ४५, कनेक्ट आइपिएसका प्रयोगकर्ता १० लाख ६४ हजार, इसिसि सदस्य ५४ र आइपिएस सदस्य ११६ रहेको छ ।