२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामु प्रधानन्यायाधीश कार्की साउनमा अवकाश हुँदै



अ+ अ-
काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहनुभएका कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० गते अनिवार्य अवकाशमा जानुहुने न्याय परिषदले जानकारी गराएको छ ।
न्याय परिषदले पठाएको पत्रमा कार्की उमेर हदका कारण २०८० साउन १९ मा ६५ वर्ष पूरा हुने भएपछि साउन २० गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ ।
संवैधानिक परिषदले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै नियुक्तिको प्रक्रिया सुरु भएको छ । अवकाश हुनुभन्दा एक महिना अघिदेखि नै प्रधानन्यायाधीश इजलासमा बस्न नपाउने व्यवस्था छ । यस्तो अवस्थामा प्रधानन्यायाधीशमा नियुक्त भए पनि काम गर्न नपाउने देखिएको छ ।