२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्षित घरानामा करका दर केन्द्रित छैनन्: अर्थमन्त्री डा महत



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले करका दरहरु कुनै घरानाको स्वार्थ पूरा गर्न लक्षित नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उहाँले समग्रमा करका दरहरुको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित रहेको बताउनुभयो ।

नेपालमा भ्याट संकुचन हुँदै गएको र भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको उहाँको भनाइ थियो ।

“भ्याटलाई हरेक वर्ष हटाउँदै गयौँ, यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभावित भयो, पुन: प्रवेश गराउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा महतले आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको जानकारी दिनुभयो ।

एकातर्फ आलु/तरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको उहाँले गुनासो गर्नुभयो । उत्पादनलाई प्रोत्साहन गर्नु एक यन्त्र कर भएको भन्दै उहाँले यसले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत गर्ने भनाइ राख्नुभयो ।