५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीबाट खोप सहायताप्रति अमेरिकी सरकारलाई धन्यवाद व्यक्त



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खोप उपलब्ध  गराउने अमेरिकी सरकारको घोषणा प्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।  बुधवार साझँ ट्वीटमार्फत प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिनुभएको हो ।

उहाँले खोप सहयोगको  घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।

अमेरिकी यस अघि अमेरिकी सरकारले नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराउने  घोषणा गरेको थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले व्हाईट हाउसमा आयोजित   पत्रकार सम्मेलन मार्फत नेपाल , भारत , फिलिफिन्स लगायत मुलुकहरुलाई खोप उपलब्ध गराउने घोेषणा गर्नुभएको हो ।

जुनको अन्त्यसम्ममा उपलब्ध गराउने अनुमान गरिएपछि  कहिले सम्म र कति मात्र भन्ने पुरा बिबरण भने सार्बजनिक गरिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ८० मिलियन डोज कोरोनाबिरुद्ध भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

नेपाल स्थित अमेरिकी दुताबसको फेसबुक फेजमा जनाईअनुसार कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्(१९ भ्याक्सीन प्राप्त गर्नेछन्।

नेपालमा खोप ल्याउनका लागि नेपाल स्थित अमेरिकी राजदुत र्‍यान्डी बेरीले लामो समय देखी पहल लिनु भएको थियो ।