२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण : ‘सरकारी सिदाबाट जीवन चलाउनेले कसरी चलखेल गर्नू ?



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरेका छन् । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपोनेको एकल इजलासमा भएको बहसका क्रममा उनीहरुले ठगी कार्यमा रिजालको संलग्नता नभएको दाबी गरेका छन्।

अधिवक्ता रामकुमार सुवालले रिजालले नेताहरुलाई भेटेको स्वीकार गरे पनि ठगीमा रिजालको संलग्नता नभएको जिकिर गर्नुभयो । उहाँले भन्न्ुभयो, “मेरो पक्षले नेताहरुलाई पटकपटक भेटेको साँचो हो, त्यो भेटघाट भुटानी शरणार्थी समस्या समाधानका लागि हो।” रिजालसँग सिंहदरबारभित्र पस्ने हैसियत समेत नभएको भन्दै सुवालले भन्नुभयो, “उहाँले कसरी किर्ते कागजात बनाउनु ?” नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसा उठाउनेहरुले रिजालको नाम मुछेको उहाँको जिकिर थियो ।

सुवालले गृहमन्त्रालयमा पेश भएको शरणार्थीसम्बन्धी प्रतिवेदनमा प्रश्न उठाउँदै भन्नुभयो, “दुवै प्रतिवेदनमा कार्यदलका पदाधिकारीहरुको हस्ताक्षर भएपछि त्यो प्रतिवेदन कसरी किर्ते भयो ?” त्यस्तै अधिवक्ता डा राजेन्द्र घिमिरेले भुटानी नागरिकलाई तेस्रो मुलुकमा व्यवस्थापन नभई भुटान नै फिर्ती हुनुपर्छ भनेर वकालत गरेको व्यक्तिलाई सरकारले नेपालीलाई भुटानी बनाउन खोजिस् भनेर अभियोग लगाएको बताउनुभयो ।

भुटानमा रहँदा यातनाका कारण रिजालमा शारिरिक तथा मानसिक समस्या देखिएको भन्दै घिमिरेले भन्नुभयो, “उहाँमा बारम्बार होस गुमाउने र फेरि आउन समस्या देखिएको छ, यातनाका कारण उहाँमा दीर्घकालीन असर देखिएको छ ।” नेपाल सरकारले सिदा दिएर जीवनयापन गरेको मान्छेमा स्वकीय सचिव राख्ने र स्वकीय सचिवमार्फत चलखेल गर्ने हैसियत नरहेको उहाँले तर्क गर्नुभयो ।