२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्ययन भन्छ – छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्वद्ध



अ+ अ-

एजेन्सी । लामो रातसम्म रक्सी र धुम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ ।

यसअघिका अनुसन्धानले राति अबेरसम्म जागा रहने र बिहान ओछ्यानबाट बाहिर निस्कन कठिन गर्ने व्यक्तिलाई विभिन्न प्रकारका स्वास्थ्य समस्या हुने सम्भावना बढी रहने देखाएका थिए ।

सन् २०१८ मा बेलायतमा गरिएको एउटा अध्ययनले ६.५ वर्षको अवधिमा बिहानीपखको तुलनामा साँझमा मर्ने जोखिम १० प्रतिशत बढी हुने देखाएको थियो । यसको अथर्, निदाएको समयमा मृत्यु हुने जोखिम अत्यधिक हुने गर्छ ।

यो चिन्ताजनक समाचार भए तापनि उक्त अनुसन्धानले ती मृत्युका पछाडि रक्सीको सेवन जस्ता कारकहरूलाई ध्यानमा राखेको पाइने गरेको थिएन । त्यसैले, फिनल्याण्डका अनुसन्धाताहरूले क्रोनोबायोलोजी इन्टरनेसनल नामक जर्नलमा प्रकाशित एक अध्ययनमा यसबारे थप खोजी गरेका थिए ।

सन् १९८१ मा फिनल्याण्डमा २४ हजार उही लिङ्गका जुम्ल्याहा बच्चामा यो अध्ययन गरिएको थियो । उनीहरूलाई उनीहरू बिहान वा साँझमा निदाउँछन् भनेर पहिचान गर्न सोधिएको थियो ।

अध्ययनमा सहभागीमध्ये एक तिहाईले उनीहरू केही हदसम्म साँझमा निदाउने गरेकोजस्तो लागेको बताएका थिए अर्थात् १० प्रतिशतले उनीहरू निश्चित रूपमा साँझमा नै निदाउने गरेको बताएका थिए । बाँकी सबैले बिहानको निद्रा प्यारो लाग्ने बताएका थिए ।

रात्रिकालीन समयमा सक्रिय हुने उनीहरूले आफुलाई बैँसालु उमेरको भन्न रूचाएका धेरैले बढी रक्सी पिउने र चुरोट पिउने गर्थे । सन् २०१८ मा अनुसन्धानकर्ताहरूले अध्ययन गर्दा २४ हजारमध्ये आठ हजार ७०० भन्दा बढी जुम्ल्याहा बच्चाको मृत्यु भइसकेको थियो ।

यो ३७ वर्षको अवधिमा अनुसन्धानकर्ताहरूले रातिमा सक्रिय हुने व्यक्तिहरूमा सबै कारणबाट मृत्युको जोखिम नौ प्रतिशत बढी हुने देखाएको थियो । यो सन् २०१८ को अध्ययनको समान दर हो ।

तर यो भिन्नता ‘मुख्यतया धूम्रपान र रक्सीको कारण’ रहेको अध्ययनमा उल्लेख गरिएको छ । धुम्रपान नगर्ने तर हल्का रक्सी पिउने रातिमा सक्रिय हुने व्यक्तिहरू बिहान ढिलोसम्म सुत्ने मानिसहरूको तुलनामा पहिले मर्ने सम्भावना बढी नहुने उक्त अनुसन्धानले देखाएको छ ।

अध्ययनका प्रमुख लेखक फिनिश इन्स्टिच्युट अफ अकुपेशनल हेल्थका क्रिस्टर हब्लिनले एएफपीसँग भन्नुभयो, “रातिमा सक्रिय रहने र धुम्रपान तथा मध्यपान नगर्ने व्यक्तिले अकालमै मृत्युको जोखिम कम गर्न चाहेमा कम गर्न सक्छ भन्ने नतिजाले देखाएको छ ।

उहाँले भन्नुभयो, “साँझपख मानिसहरूले आफूले प्रयोग गरिरहेको रक्सी र सुर्तीको मात्राबारे गम्भीरतापूर्वक सोच्नुपर्छ । हब्लिनका अनुसार अन्य कारकहरूभन्दा पनि क्रोनोटाइप (मानिसहरूको छिटो सुत्ने समय)ले उनीहरूको मृत्युदरमा ‘थोरै वा कुनै’ पनि योगदान छैन ।

क्याम्ब्रिज युनिभर्सिटीका क्रोनोटाइप अनुसन्धानकर्ता जीवन फर्नान्डोले एएफपीसँग भन्नुभयो, “यो अनुसन्धान सही भए पनि अनुसन्धानका केही सीमितता छन् ।

उहाँले भन्नुभयो, “सहभागीहरूले बिहान वा साँझमा मात्र सक्रिय मानिसहरूको रूपमा मात्र आत्म–पहिचान गर्नु ‘असन्तोषजनक’ थियो किनभने यसमा कुनै पनि वस्तुगत जानकारी समावेश गरिएको थिएन।”

अध्ययनमा रक्सी र सुर्तीजन्य पदार्थबाहेक अन्य लागूपदार्थलाई पनि समावेश गरिएको छैन । उहाँले भन्नुभयो, “ विशेष गरी कोकिनलाई छिटो सुत्नेदेखि ढिलो उठ्ने व्यक्तिहरूसँग जोडिएको र उनीहरूको परिवर्तनका बारेमा उल्लेख गरिएको थियो ।

फर्नान्डोले यसअघि रातको समयमा ढिलो गरी सुत्ने व्यक्तिको मानसिक स्वास्थ्य खराब हुने र विशेषगरी चिन्ता हुने र लागूपदार्थको प्रयोगले समस्यालाई अझ चर्काउन सक्ने अनुसन्धानको नेतृत्व गर्नुभएको थियो ।




भर्खरै