२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघ जस्तै प्रदेश पनि संसदका नाममा बजेट छर्दै



अ+ अ-

काठमाडौँ । केन्द्र सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा सांसद विकास कोषमा रु ८ अर्ब २५ करोड रकम बिनियोजन गरिएको भन्दै चर्को आलोचना खेप्नु पर्यो । अर्थमन्त्री डा प्रकाशशरण महतले यसको बचाउ गर्दै सांसदहरुले योजना सिफारिस मात्रै गर्ने र न्यूनतम रु १ करोडको योजना आवश्यक भएको भन्दै स्पष्टीकरण नै दिनु पर्यो ।

सांसद विकास कोष ब्यूँताइएको भन्ने विषयमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले त सांसदहरु वडा अध्यक्षको तहमा आएको भन्दै कडा प्रतिक्रिया नै दिनुभयो । प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरुले यस विषयलाई राम्रोसँग उठानुभयो ।

संघ सरकारले १५ दिन मात्रै ल्याएको बजेटमा उक्त कार्यक्रम राखिएकोमा अर्को आलोचनाको सामना गर्दा पनि प्रदेश सरकारहरुले भने यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सात प्रदेशमध्ये लुम्बिनी प्रदेश सरकारले भने यसप्रकारको कार्यक्रमलाई समावेश गरेको छैन । तर अन्य प्रदेश सरकारहरुले भने पैसा वितरणका लागि विभिन्न नाममा यसप्रकारको कार्यक्रमलाई समावेश गरेका छन् ।

कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमका लागि रु १ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ । ‘प्रदेशसभा निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेको योजनाहरु प्रदेशसभाका सदस्यहरुले स्थानीय तहबाट कार्यान्वयन गर्ने गरी कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रमका लागि रु १ अर्ब ५० करोड बजेट बिनियोजना गरिएको छ । यस कार्यक्रम अन्तर्गत सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, र सामाजिक आर्थिक रुपान्तरणको क्षेत्रमा आयोजना छनोट गरी कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइएको छ’, कोशी प्रदेश सरकारले ल्याएको बजेटमा भनिएको छ ।

मधेस प्रदेश सरकारले भने संंसदीय विकास कोषलाई निरन्तरता दिन रु २ अर्ब ३५ करोड विनियोजन गरेको छु उल्लेख गरेको छ । मधेस प्रदेश सरकारले चालु आवमा पनि सोही बजेट बिनियोजन गरेको थियो ।

बागमती प्रदेश सरकारले अंक उल्लेख नगरे पनि उक्त कार्यक्रम समावेश गरेको छ । ‘प्रदेशसभाका माननियहरुलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुको विकाससम्बन्धी समस्या र गुनासो सम्बोधन गर्ने सहज वातावरण सिर्जना गर्दै लगिनेछ । प्रदेश सभाका सदस्य र स्थानीय तहबीचको सुमधुर सम्बन्ध कायम गरी अन्तरतह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेशसभा सदस्यको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम र आयोजनाहरु छनोट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याइएको छ’, बजेटमा भनिएको छ ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमलाई रु ७२ करोड छुट्याएको छ । ‘प्रदेशको सन्तुलित विकासलाई प्रभावकारी बनाउने नाममा पूर्वाधार विकास कार्यक्रमका लागि भन्दै रु ७२ करोड बजेट बिनियोजन गरेको छ । यस कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाइ व्यवस्थित गरिनेछ’, बजेट वक्तव्यमा भनिएको छ ।

कर्णाली प्रदेश सरकारले यसका लागि बजेट बिनियोजन गरेको छ । स्थानीय तहका वडाबाट माग भइ आएका पूर्वाधार निर्माणमार्फत् रोजगारी सिर्जना गर्ने उद्देश्यले हुम्ला, मुगु र डोल्पा जिल्लाको हकमा प्रति वडा रु २० लाखका दरले र अन्य सात जिल्लाको हकमा प्रति वडा रु १५ लाखका दरले सबै ७८१ वटै वडाका लागि मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि रु १ अर्ब १६ करोड ९७ लाख बजेट बिनियोजन गरिएको हो ।

त्यसैगरी सुदूरपश्चिम सरकारले पनि रु तीन करोडका दरले बजेट बिनियोजन गरेको छ । ‘निर्वाचन क्षेत्रका जनताको माग र आवश्यकता बमोजिम गुणस्तरीय भौतिक पूर्वाधार विकास निर्माणको लागि सम्बन्धित विषयगत मन्त्रालय मातहत कार्याालयबाट कानून बमोजिम खरिद सम्झौता गरी कार्यान्वयन गर्न प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु ।

यस कार्यक्रम अन्तर्गत एउटा आयोजनामा सडक पूर्वाधारको हकमा न्यूनतम ५० लाख र अन्य पूर्वाधारमा न्यूनतम २५ लाख  बिनियोजन हुने गुरी प्रत्येक निर्वाचन क्षेत्रकालागि रु ३ करोड बिनियोजन गरेको छु । कार्यक्रम कार्यान्पवयनका लागि पूर्वाकार विकासको क्षेत्र, सीमा, मापदण्ड र कार्यान्वयन विधि लषयतका अन्य आधार बनाइ कार्यविधि बनाइ निर्धारण गरिनेछ’, बजेट वक्तव्यमा उल्लेख छ ।