२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने



अ+ अ-

काठमाडौं । तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । 

केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ । कोरोना संक्रमित या संक्रमण भइसकेको व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयले आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन् । 

के हो कालो ढुसी ?
फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ । यो ढुसी छोएको हात सफा नगरी नाक छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ । चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखाबाट ब्रेन ९मष्तिक०मा समेत कालो ढुसीको संक्रमण हुन्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।