२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री पूर्वी पहाडी जिल्लामा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको छ।

उहाँको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सहरी विकासमन्त्री तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु योगेश भट्टराई, बसन्त नेङ्वाङ, दीपक खड्का, राजेन्द्र कार्की (कोशी प्रदेशसभा) हुनुहुन्छ।

साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि हुनुहुन्छ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दारको काम जारी छ। बाढी र पहिरोमा फसेकालाई उद्दार गरिएको छ भने आजै मात्र भौतिक पूर्वाधार मन्त्रालयद्वारा केन्द्रीय सडक संजालबाट अलगावमा परेका पाचथर र ताप्लेजुङलाई जोड्न बेलिबृजको सामान प्रभावित क्षेत्रमा पठाइएको छ।