५ असार २०८३, शुक्रबार
,
Latest
झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाको दोस्रो लहरमा अल्फा र डेल्टा नामक भेरियन्ट बढि



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोनाका विभिन्न भेरियन्टहरूमध्ये अल्फा, बिटा, गामा र डेल्टा गरि चार वटालाई ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा राखेको छ। जसमध्ये अल्फा भेरियन्ट विश्वको १६० वटा देशमा, बिटा १ सय १३ देशमा, गामा ६४ देशमा र डेल्टा ६२ मुलुकमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएयता अल्फा र डेल्टा नामक भेरियन्ट धेरै देखिएको मन्त्रालयका प्रवक्त डा. कृष्ण प्रसाद पौडेल जनाएको छ। ‘नेपालमा यसपालीको लहरमा मुख्यतः अल्फा र डेल्टा नामक भेरियन्ट देखिएको छ,’ उहाँले भन्नुभयो।

साथै डब्लुएचओले कोरोनाको अन्य केही भेरियन्टहरूलाई पनि ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ को सूचीमा राखेको मन्त्रालयले जनाएको छ। जसमध्ये जिटा, इटा, ठिटा लगायतका भेरियन्टहरू रहेका छन्। तर यिनीहरूले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषय भने अध्ययनकै क्रममा रहेको उनले बताउनुभयो।