२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत बाहिर प्रदर्शन गर्नेहरु पक्राउ



अ+ अ-

काठमाडौँ । बृहत् नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौँबाहिर प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा प्रेम चलाउने स्वयं पनि सहभागी थिए ।

‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौँ’, ‘न्याय हराए कहाँ जाने ?’, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा हालेको हो ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि विसं २०७७ असोज २० गते आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेकै अवस्थामा सरकारले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।