२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एयरलाइन्सको विमान अवतरण



अ+ अ-

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तराष्ट्रिय व्यावसायिक विमान अवतरण गरेको छ । चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा विमानस्थलमा अवतरण गरेको हो । विमानलाई वाटर क्यानन सल्युट दिइएको थियो ।

यही असार ८ र ९ गते पोखराको फेवातामा हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर सिचुआनको चार्टर्ड विमान अवतरण गरेको हो । चीन भ्रमणमा गएको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको टोली पनि सोही विमानबाट फर्किएको छ । विमान बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । उक्त एयरलाइन्सले हाल काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान गरिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा पनि विमानको नियमित व्यावसायिक उडानका लागि छलफल भइरहेको जनाएको छ । २०२३ जनवरी १ मा उद्घाटन भएको विमानस्थलमा सो दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो ।




भर्खरै