५ असार २०८३, शुक्रबार
,
Latest
झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेता कुवँरको पहलमा बागलुङमा स्वास्थ्य सामग्री प्रदान



अ+ अ-

बागलुङ । नेपाली काँग्रस बागलुङका नेता दोर्ण कुँवरको पहल तथा उहाँको व्यक्तिगत सहयोगमा जिल्लामा करिब रु ४ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कोरोना रोकथामका लागी सुरुदेखिी नै सक्रिय रुपमा लागीपरेका नेता कुँवर आफै पनि संक्रमित भएका थिए । 

तर उनी पछि कोरोना संक्रमण मुक्तभएपछि पनि लगत्तै जिल्लामा सहयोगका काममा खटेका छन् । कुवँरको पहलमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरमा जन्मनु भएका पूर्व न्यायाधीश दयानाथ खरेल र उनकी श्रीमती सरिता खरेलद्धारा १ थान र कोरीया र सिंगापुरमा  रहेका असिम घर्ति, वीरबहादुर गुरुङ, खडक कुवँर, राम बहादुर छन्त्यालद्वारा १,१ थान गरी दुई थान वेड साईड मोनिटर, तथा नेता कुवँरद्वारा व्यक्तिगत खर्चमा ७५ थान भिटिएम र ५० थान एन्टिजेन गरी कुल चार लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको छ । 

रु ३ लाख मुल्य बराबरको दुई थान वेड साईड मोनिटर मेशिन र १ लाख रुपैयाँ बराबरको भिटिएम र एन्टिजेन्ट हस्तान्त्रण गरिएको कुवँरले बताए । ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारी र स्वास्थ्यकर्मीको उपस्थितीमा उक्त सामाग्री काँग्रेस नेता कुवँर र नेता जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरेका हुन् ।

स्वास्थ्य सामग्री हस्तान्त्रण गर्दै नेता कुवँरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि अति आवश्यक रहेको वेड साईड मोनिटर मेशिन उपलब्ध गराउने सहयोगि दाताहरुलाई धन्यबाद दिँदै कोभिड १९ को महामारीमा आफु समेत संक्रमित भएको र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै विभिन्न सहयोगि दाताबाट र व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको बताए ।

व्यक्तिगत खर्चमा निसीखोला र ढोरपाटन  नगरपालिकाका गरी १ सय ३१ जना नागरिकको पिसीआर गराएको र बागलुङ क्षेत्र नम्बर २ का ६ वटै पालिकामा गरी ६ सय थान भिटिएम किट उपलब्ध गराइसकेको बताए । संक्रमण रोकथाम गर्नका लागि र विरामीको सहज रुपमा उपचारका निम्ती सबैले सक्दो सहयोग गनुपर्ने बताए ।

स्थानीय सरकारले थप सक्रियता देखाउनु पर्ने बेला भएको भन्दै नेता कुवँरले अझै  पिसीआरको दायरा बढाउनु पर्ने, स्वास्थ्य सामग्री व्यवस्थापन लगाएतका गतिबिधीाई तीव्रता दिनु पर्ने बताए । 

सबैसँग सहकार्य गरेर मात्रै महामारीको सामना गर्न सकिने भन्दै स्थानय सरकारले सबै दल, बुद्धिजिबी लागयतलाई समेटेर लाग्नु पर्नेमा जोड दिए । वडा अध्यक्ष चित्र बहादुर भण्डारीले अभियान कर्ता काँग्रेस नेता दोर्ण कुमार कुवँरसहित सहयोगी दातालाई धन्यबाद ज्ञापन दिए । विषम परिस्थीतिमा सबैले हातेमालो गर्नु पर्ने उनको भनाई छ ।