२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगले नेपाललाई समृद्ध र सुखी बनाउँछ: ओली



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ ।

बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहीत बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्नसक्ने गरी बाँचोस् भन्ने अहिलेको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्छे सम्मानित जीवन अभावरहीत, भोकमरी रहीत सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्न पनि चाहन्छ र सुरक्षित हुन चाहन्छ । सम्मानित जीवन बाच्न चाहन्छ । समान भएर अरु बराबरको छु है भन्ने हिसावले बाच्न चाहन्छ । त्यसकारण हामीले समृद्ध नेपाल, सुखी नेपाली भनेका हौँ । योगले भनेको त्यही हो । योगले भनेको समृद्ध नेपाल, सुखी नेपाली हो आजको सन्दर्भमा योगले गर्न खोजेको कुरै त्यही हो । योगले नेपाललाई समृद्ध बनाउन खोजेको हो, नेपालीलाई सुखी बनाउन खोजेको हो । योगले निकम्भा भाग्यवादमा विश्वास गर भन्दैन । कर्मठ कर्मवादमा विश्वास गर भन्छ ।’

अध्यक्ष ओलीले नेपालबाटै ज्ञान उत्पत्ति भएको बताउनु भयो । उहाँले योगको उत्थान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।