२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा ६ न्यायाधीश रिक्त, को को छन् लबिङमा ?



अ+ अ-

काठमाडौं । साढे आठ महिनासम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारीपछि असार १ गतेबाट प्रधानन्यायाधीश बन्नुभएका हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीश नियुक्तिका लागि परामर्श सुरु गर्नुभएको छ ।

यसअघि नै रिक्त भएका ५ र न्यायाधीश टंक मोक्तान उमेर हदले सेवानिवृत्त हुनुभएका कारण ६ ओटा सिटमा नियुक्तिका लागि प्रधानन्यायाधीश कार्कीले पहल गर्नुभएको हो ।

छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुभएका कार्कीले आफ्नो कार्यकाल भित्र नै न्यायपरिषद्बाट न्यायाधीश नियुक्तिका लागि सक्रियता देखाएसँगै न्यायाधीश बन्न खोज्नेहरुको पनि सक्रियता बढेको छ ।

यसअघि राजनीतिक पृष्ठभूमिबाट न्यायाधीश नियुक्ति भयो भन्दै चर्को विरोध भए पनि यस पटक पनि पुन उही अवस्था आउने सर्वोच्च अदालतका एक न्यायाधीशले जानकारी दिनुभयो ।

यस पटक ६ सिट मध्ये चार ओटा कानून व्यवसायी बाट र दुई ओटा उच्च अदालतबाट न्यायाधीश नियुक्ति गर्ने चर्चा सुरु भएको उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका तर्फबाट वर्तमान बार अध्यक्ष गोपालकृष्ण घिमिरे, बारका पूर्व महासचिवद्वय सुनिल पोखरेल , विजयप्रसाद मिश्र ,पूर्व महान्यायाधीवक्ता खम्बबहादुर खाती र  नेकपा (एमाले) बाट पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेकपा (माओवादी केन्द्र) बाट महान्यायाधिवक्ता दीनमणि पोखरेल र  उच्च अदालतबाट दुई न्यायाधीशका लागि सिफारिस हुने आकलन गरिएको छ ।

यसैगरी उच्च अदालतमा पनि हाल ४२ जना न्यायाधीश रिक्त रहेको छ । प्रधानन्याधीश कार्कीले सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिका लागि बैठक बोलाउन न्याय परिषद्का सचिवलाई निर्देशन दिइसक्नु भएको छ ।

परिषदमा प्रधानन्यायाधीश कार्कीसहित कानूनमन्त्री धनराज गुरुङ, वरिष्ठ अधिवक्ताहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी ‘सम्भव’ रहनुभएको छ ।




भर्खरै