२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुको मोर्चाबन्दीले हामीलाई असर गर्दैन– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलहरुले बनाएको मोर्चाबन्दीले आफूहरुलाई असर नपर्ने बताउनुभएको छ ।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको बताउनुभयो ।

मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड राखेकाले दलहरुको मोर्चाबन्दीले पार्टीलाई कुनै असर नपर्ने उहाँको टिप्पणी थियो ।

उहाँले भनाइ जस्ताको तस्तै :

चुनावमा चाहिँ राजनीतिक दलहरुले गठबन्धन गरेको होइनन् र ? डा स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरिहेर्नुहोला तपाईं। हाम्रो लागि त्यो नयाँ होइन दलहरुको लागि चाहिँ घोषित अघोषित नयाँ होला।

मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं। त्यसैले उहाँहरुको कदममा मैले कुनै प्रतिक्रिया दिनु हुँदैन। अरु राजनीतिक दलको कदम हो त्यो। हामीले नदेखेको दल हुनुहुन्न। हामीले देखेकै दल हुनुहुन्छ। उहाँहरुले मोर्चा गर्नुभएको छ। हामीले मोर्चा नै गर्ने भए जनताको मुद्दामा मोर्चाबन्दी गरौं न भनेका थियौं। संसदमा पनि भनेका थियौं।