२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ ।

कूल ८० लाख आठ हजार दुई सय ४६ कित्ता शेयर रू तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रू २९ करोड ६३ लाख ८२ हजार सात सय ३८ बराबरको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरी रू १५ करोड दुई लाख ७६ हजार एक सय ८७, शिवम् सिमेन्ट रू १४ करोड ७५ लाख ४२ हजार एक सय ८३, आइजीआई पुडेन्सियल इन्स्योरेन्स रू १३ करोड २३ लाख ५४ हजार सात सय ८७ र नागरिक लगानी कोष रू १२ करोड ५४ लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार, तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालीञ्चोक दर्शन, बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ । यस्तै, सिटी होटलका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड पहिलो आठ दशमलव ४१, इन्गवा हाइड्रोपावर सात दशमलव ५३, नेष्डो समृद्धि लघुवित्त सात दशमलव १८, कालिका पावर कम्पनी छ दशमलव ९१ र एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ४६ प्रतिशतले गुमाएका छन् । रासस