२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा को बढि राष्ट्रवादी र राष्ट्रघातीको प्रवृत्ति बढ्दै जानु भिडन्तको संकेत–दीपकराज गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौं । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले देशमा राष्ट्रवादी र राष्ट्रघातीको प्रवृत्ति बढ्दै जानु भिडन्तको संकेत भएको आशंका जनाएका छन् ।

उनले दलहरूको वितृष्णाका कारण नयाँ व्यक्ति र शक्ति उदय भएपनि उनीहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् ।

यसले भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोड्ने बताउदै उनले भनेका छन्, ‘नयॉ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो, त्यो स्वभाविक पनि हो । हरेक गरिब र कमजोर मूलुकमा सबैभन्दा चॉडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो । अब यसरी उदाएका शक्तिहरू बीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा नै चलेको छ !’

उनले राष्ट्रवादी बिनासकारी प्रतिस्पर्धा बाट बाहिर आएर ब्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मात्र मुलुकको भलो हुने अपेक्षा व्यक्त गरे । ‘अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौं । अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई । पहिला हाम्रा पूर्खा राष्ट्रको लागि विदेशीसँग लडे । अब हामी राष्ट्रियताको नाममा आफूआफू लड्नेछौं । यसबाट जुन पक्षले जिते पनि देशले चाहिँ हार्नेछ’, दीपकले लेखेका छन्,’समय छंदै यो बिनासकारी प्रतिस्पर्धा बाट बाहिर आएर एकले अर्को को बिचारको सम्मान गर्दै दलिए र ब्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मुलुकमा रहेको बिद्यामान समस्याहरू बिरूद्द जीत हासिल गरेर देश अगाडि बढाउन सकिएला नत्र यहि शैलिमा अघि बढे ।’

https://www.facebook.com/deepakrajgiri84/posts/6567859293277689?ref=embed_post