२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनालाई जितेपछि मदनकृष्णको आग्रह: भ्याक्सिन बटुलेर जनतालाई बचाउनु होस्



अ+ अ-

कृतज्ञता ज्ञापन 

मलाई माया, शुभेक्षा र आशिर्बाद वर्षाउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्नुहुने सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।

यहाँहरुको आशिर्बाद लाग्यो मलाई। यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाईयो । कोरोनाले मलाई पछार्न त नराम्रैसंगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि। बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया !

तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा मलाई त्यसले  जित्न भने सकेन। पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठबस गरेर ह्वाँ… ह्वाँ … रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो । अब शरिरमा अलि अलि शिथीलता बाकि छ । त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।

म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो। डाक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन । एक प्रकारले भाय्कसिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन् । 

तर म मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो भनेर सबैलाई सुनाउने ईच्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ । तर हिजो फेरि पिसिआर परिक्षण गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो । मेरोमा अझै अलि पोजेटिभ बाँकि रहेको देखाएको छ। डाक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन्। अब खालि ती मरेका भाईरसका लाशहरु मात्र बाँकि छन्। त्यो बाँकि हुन्जेल पनि मेशिनले पोजेटीभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन ,केहि दिन पछि त्यो पनि आफै जान्छ भनेका छन् । जे होस बाँचियो बा !!!

कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद । यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा । यो कुरा मैले हजुरहरुलाई जानकारी दिनका लागि मात्र लेखेको हुँ ।

मनमा अझै पनि पूरा खुशी लागेको भने छैन। देशमा अझै पनि कोरोना पिडीतहरु धेरै बाकि नै छन्, कतिपय अझ थपिंदै पनि छन्। यस अबस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै हुन् । सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु । जनता नै भएन भने कस्लाई शासन गर्ने, हैन त ?

सबैको जय होस् ।
सबैको कल्याण होस्।
कोरोनाबाट संसार चाँडै मुक्त होस् ।

 धन्यबाद
मदनकृष्ण श्रेष्ठ