२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतको जस्तो मल अभाव हुने अवस्था छैन– प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतको जस्तो मल अभाव हुने अवस्था नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मलको अभावबारे सोधेको प्रश्नको जवाफमा उहाँले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गगर्नुभयो ।

यो वर्ष धान बालीका लागि मल अभाव नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको जिकिर गर्नुभयो । उहाँले ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको जानकारी दिनुभयो । यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने उहाँको जवाफ थियो ।