२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइटन पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु



अ+ अ-

एजेन्सी । एट्लान्टिक महासागरमा टाइटन पनडुब्बीको भग्नावशेष फेला परेको छ । यो टाइटानिक जहाजको भग्नावशेषभन्दा १६ सय फिट तल छ । पनडुब्बी जुन १८ साँझ पाइलटसहित चार पर्यटक बोकेको टाइटानिकको भग्नावशेष देखाउन गएको थियो तर १ः४५ घण्टापछि बेपत्ता भएको थियो ।

पनडुब्बीमा रहेका पाँचै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती व्यापारी हमिस हार्डिङ, फ्रान्सेली गोताखोर पल–हेनरी, पाकिस्तानी–ब्रिटिस व्यापारी शाहजादा दाउद, उनका छोरा सुलेमान र ओसियन गेट कम्पनीका सीईओ स्टकटन रश छन् ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले बिहीबार साँझ यसको पुष्टि गरेका छन् । तर, अहिलेसम्म उनीहरुको शव फेला परेको छैन । अमेरिकी कोस्ट गार्डका रियर एडमिरल जोन माउगरले भने, ‘एट्लान्टिक महासागरमा पनडुब्बीको भग्नावशेष रिमोटबाट संचालित गाडीले फेला पारेको हो । त्यसमा विष्फोट भएको हुनसक्छ । यद्यपी विष्फोट कहिले भएको हो भन्न हतार छैन । यसबारे अझै धेरै प्रश्नहरू छन्, जसको उत्तर खोज्न बाँकी छ ।’

रोयटर्सका अनुसार पनडुब्बीलाई नेपाली समय अनुसार १८ जुन साँझ ५ः४५ बजे एट्लान्टिक महासागरमा छोडिएको थियो । यो १ः४५ घण्टा पछि बेपत्ता भयो । विगत ४ दिनदेखि खोजी अभियान चलिरहेको थियो, जुन अहिले बन्द गरिएको छ । खोजमा अमेरिका, क्यानडा, फ्रान्स र बेलायतका विमान र जहाजहरू संलग्न थिए ।

सीएनएनका अनुसार २२ फिट लामो टाइटन पनडुब्बीको ५ भाग भग्नावशेषमा भेटिएको छ । अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले अहिलेसम्म भग्नावशेषमा कुनै यात्रुको अवशेष नभेटिएको बताएका छन् ।

टाइटानिक जहाजको भग्नावशेष एट्लान्टिक महासागरमा रहेको छ । यो क्यानाडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर टाढा छ । भग्नावशेष समुन्द्रमा ३८०० मिटरको गहिराईमा रहेको छ । यो पनडुब्बीको यात्रा पनि क्यानडाको न्युफाउन्डल्याण्डबाट सुरु हुन्छ । यो २ घण्टामा भग्नावशेष नजिक पुग्छ ।

अमेरिका–क्यानडाको उद्धार टोलीले समुद्रमा ७ हजार ६ सय वर्ग माइल क्षेत्रमा खोजी गरिरहेको थियो । १३ हजार फिटको गहिराइसम्म निगरानी गर्न सक्ने सोनार बोयलाई पनि पानीमा छोडिएको थियो । यसबाहेक व्यावसायिक जहाजको पनि सहयोग लिइएको थियो ।

पनडुब्बी ओशन गेट कम्पनीको टाइटन सबमर्सिबल हो । यसको साइज एक ट्रक बराबर छ । यो २२ फिट लामो र ९.२ फिट चौडा छ । पनडुब्बी कार्बन फाइबरबाट बनेको छ । टाइटानिकको भग्नावशेष हेर्न जाँदा प्रतिव्यक्ति ३ करोड रुपैयाँ शुल्क लाग्छ । यो पनडुब्बी समुद्रमा अनुसन्धान र सर्वेक्षणका लागि पनि उपयोगी छ ।