काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बस्ने स्थायी बैठकमा राष्ट्रियसभाको निर्वाचनको समिक्षा , माधव नेपाल-झलनाथ खनाल समूहको गतिबिधि र जनता समाजवादी पार्टी महन्थ ठाकुर राजेन्द्र महतो पक्षको सरकारभा सहभागिताका बारेमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।
यता नया पार्टी गठनको गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको माधव नेपाल समूहका नेता र एमाले सस्थापन पक्षका नेताहरु बीच लामो छलफल भएको छ । सोमबार साँझ दरबारमार्गको होटल याक एण्ड यतिमा भएको छलफलमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले तथा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट बीच छलफल भएको थियो ।
अझै पनि पार्टीलाई एक बनाउने अबस्था भए नभएको लगायतका बिषयमा छलफल भएको जनाईएको छ । आज बस्ने स्थायी समितिको बैठकले पार्टीको नियम उलंघन गर्ने अन्य १२ नेता माथी कारबाही गर्ने तयारी भएपनि सोमबार साँझको छलफल पछि कारबाहीको निर्णय केही दिन स्थगित हुन सक्ने ती नेताले जानकारी दिनुभयो ।












