२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ताको खोजी गर्न कुकुर परिचालन



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ताको एक सातासम्म पनि फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।

नेपाल प्रहरीले धरानबाट ल्याएको तालिम प्राप्त दुई कुकुरले आज बिहान सभाखोलादेखि खोजी थालेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । प्रहरीको तालिम प्राप्त कुकुरले हेवा र सभाखोला किनारमा बेपत्ताको खोजी गर्न थालेको उहाँले बताउनुभयो । बाढी पहिरामा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हेवा खोला र सभाखोला किनार आसपास खोजी गर्नेछ । बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन् ।

बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका छन् । बाढी पहिरोबाट १२ घर पूर्णरुपमा क्षति भएका छन् । बाढीपहिरोबाट २० मध्ये १६ जना सुपर हेवाखोला जलविद्युत् र एक जना अपर हेवाखोला जलविद्युत् आयोजनाका, एक जना अमर कन्ट्रक्सनका तथा दुई जना सभाखोपरी गाउँपालिकामा बेपत्ता भएका छन् । बाढी पहिराका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । रासस