२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका किसानलाई रोपाईंको चटारो– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईंमा ब्यस्त हुन थालेका छन् ।

काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईंमा यतिबेला किसानहरु ब्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न ब्यस्त छन् । उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाईंमा ब्यस्त भएको बताउँछन् । सामान्यतया असार १५ बबाट रोपाईं शुरु हुने भएपनि असारको पहिलो सातादेखि नै किसानहरु रोपाईंको चटारोमा छन् ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाईं शुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भएपनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाईं भइसकेको किसानहरु बताउँछन् । सिंचाई अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने अवस्थामा यसवर्ष आकाशे पानीले नै असार शुुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाईंमा लागेका हुन् ।

आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरु यस वर्ष धान रोपाईं छिटो भएपछि खुशीमा भएका छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाईंमा जुटेको उनीहरुको भनाइ छ । रोपाईंमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानह डराएका छन् ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने उनीहरुको भनाइ छ ।