२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध सर्वोच्चमा निवेदन



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

मेयर बालेनले अदालतको अवेहलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको हो । अधिवक्ता वर्षाकुमारी झाले पेस गरेको निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ ।

मेयर शाहले उच्च अदालत पाटनको आदेशविरुद्ध अभिव्यक्ति दिएका थिए ।

भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौं महानगरपालिकाका चलचित्र हलहरूमा चल्न दिन भनेर उच्च अदालत पाटनले आदेश दिएपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अभिवक्ता झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी हुन् ।