२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुष नै गर्भवतीः पेट फुलेको देखेर डाक्टरले बुझे ट्युमर, शल्यक्रियापछि जुम्ल्याहा बच्चा फेला



अ+ अ-

एजेन्सी । संसारमा हरेक दिन विभिन्न प्रकारका समाचार आउँछन् । तर के तपाईंले कहिल्यै पुरुष गर्भवती भएको सुन्नु भएको छ ? यस्ता घटना सुने वा थाहा पाएपछि पत्याउनै नसक्ने हुन्छ । विज्ञानसँग पनि यस्ता घटनाको जवाफ छैन ।

यसैबीच छिमेकी राष्ट्र भारतको महाराष्ट्रबाट निकै अचम्मको खबर बाहिर आएको छ । राज्यको नागपुरमा एक केटा गर्भवती भएको देखिन्थ्यो । शल्यक्रियापछि अहिले उनको पेटबाट यस्तो कुरा निस्किएको छ, जसको कल्पना पनि गर्न सकिँदैन । मानिसहरु अनौठो नजरले उनको फुलिएको पेटलाई हेर्ने गर्थे ।

मिडिया रिपोर्टका अनुसार यो घटना नागपुर निवासी सञ्जु भगतसँग भएको हो । यो कुरा थाहा पाएर डाक्टरहरु पनि अचम्ममा परेका छन् । भगतको बाल्यकाल एकदम सामान्य थियो, तर भगतको पेट अन्य बच्चाहरूको तुलनामा धेरै फुलेको थियो । उनले र उनका आफन्तले त्यता ध्यान दिएनन् तर बिस्तारै पेट बढ्दै गयो । त्यसपछि परिवारका सदस्यको चिन्ता बढ्यो ।

सञ्जु भगतको पेट यति फुल्यो कि मानिसहरूले उनलाई गर्भवती पुरुष भन्न थाले । आफ्नो फुलेको पेट देखेर भगतलाई अनौठो लाग्थ्यो तर सन् १९९९ सम्ममा पेट यति बढ्यो कि सास फेर्न गाह्रो भयो । यसपछि सञ्जुलाई अस्पतालमा भर्ना गरिएको थियो ।

बिरामीलाई ट्युमरको समस्या भएको चिकित्सकहरुले सोचेका थिए तर शल्यक्रिया गर्न पेट खोल्दा भित्रको दृश्य देखेर डाक्टरहरु छक्क परे । पेटमा ट्युमरको सट्टा अर्कै कुरा भएकोले यस्तो भएको हो । यो कुरा थाहा पाएर तपाईलाई विश्वास नलाग्न सक्छ ।

रिपोर्टका अनुसार डाक्टरहरूले पेटमा हात हाल्दा धेरै हड्डीहरू भेटिएका थिए । डाक्टरहरूले पहिले एउटा खुट्टा, त्यसपछि अर्को खुट्टा, कपाल, हात, बङ्गारा र शरीरका अन्य धेरै अंगहरू फेला पारे । यो घटना देखेर डाक्टरहरु छक्क परे ।

डाक्टरहरूले यो घटनालाई वेनिसिङ ट्विन सिन्ड्रोमको रूपमा वर्णन गरेका छन् । यसको मतलब यो हो कि जुम्ल्याहा बच्चाहरु गर्भावस्थाको समयमा मरेका थिए । तर ती पेटभित्रै रहन पुगे । यो घटना अत्यन्त दुर्लभ छ र पृथ्वीमा ५० लाख मानिस मध्ये एकमा हुने सम्भावना हुन्छ ।




भर्खरै