२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगमैंत्री नमूना मन्त्रालयको रुपमा विकास गरिनेछ: मन्त्री आचार्य



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगमैंत्री नमुना मन्त्रालयको रुपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताउनु भएको छ ।

आईताबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताउनु भयो । गैर सरकारी संस्थाहरुले आफूखुशी काम गरिरहेको गुनासो आईरहका बेला मन्त्री आचार्यले उनीहरुलाई राष्ट्रिय आवश्यक्ताको आधारमा परिचालन हुनेगरी आवश्यक व्यवस्था मिलाइएको बताउनु भएको हो । उहाँले सरकारी तथा गैर सरकारी संस्थाहरुको अनुगमन र मूल्यांकनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताउनु भयो ।

मन्त्री आचार्यले भन्नु भयो, ‘संघ, संस्था सम्बन्धि राष्ट्रिय नीति तर्जुमा गर्ने, एकीकृत सामाजिक विकास ऐनको मस्यौदा तर्जुमा गर्ने । अन्तराष्ट्रिय/राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहजीकरण, व्यवस्थापन गर्ने र प्रदेश स्तरीय गैर सरकारी संस्थाहरुको समन्वय, सहकार्य र परिचालन सम्बन्धमा प्रदेश तथा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम रहेको छ । अन्तराष्ट्रिय/राष्ट्रिय संस्थाहरुलाई राष्ट्रिय राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगमैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने कार्य अगाडी बढिरहेको छ ।’

मन्त्री आचार्यले समाज कल्याण परिषदको कामलाई प्रभावकारी बनाउने गरी अनुगमनको कामलाई विशेष जोड दिइएको बताउनु भयो ।