२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधन भाडामा लगाउनेले बहाल कर तिर्नुपर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । अब काठमाडौँ महानगरपालिका भित्र सवारी साधनलाई भाडामा लगाउने व्यक्ति वा संस्थाले बहाल कर तिर्नुपर्ने भएको छ ।

काठमाडौँ महानगरले आर्थिक ऐनमा बहाल कर असुल गर्ने क्षेत्र विस्तार गर्दै अब सवारी साधन थप गरेको हो । यसअघि जग्गा, भवन, घर, पसल, ग्यारेज, वर्कसप, गोदम, टहरा, सेड, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले भाडामा लगाई प्राप्त बहाल रकममा बहाल कर लाग्ने प्रावधान थियो ।

यो सूचीमा आर्थिक वर्ष २०८०/८१ देखि महानगरले सवारी साधन करसमेत थपेको हो । सवार साधन कर स्रोतमै कट्टी हुने महानगरपालिकाले जनाएको छ । महानगरले क्रूल बहालमा वार्षिक १० प्रतिशतका दरले बहाल कर निर्धारण गरेको छ ।

यद्यपि वार्षिक बहाल रु एक लाखभन्दा कम हुने र आम्दानीको अन्य स्रोत नभएका करदाताको हकमा भने कर छुट माग्न सकिने र त्यसमा मूल्याङ्‍कन गरी ७५ प्रतिशतसम्म छुट दिने सकिने प्रावधान आर्थिक ऐनमा उल्लेख छ ।