२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्लस टु’को शुल्क विवरण काठमाडौँ महानगरलाई बुझाउनुपर्ने



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको ‘प्लस टु’ को शुल्क विवरण बुझाउन निर्देशन दिएको छ ।

महानगर भित्र पर्ने ५२० निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८०/८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो ।

महानगरले यही असार ५ गते सबै विद्यालयलाई पत्राचार गर्दै असार मसान्तभित्र सो विवरण पठाउन निर्देशन दिएको छ । “विद्यालयहरुले के–के शीर्षकमा के कति शुल्क लिने हो रु महानगरको शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिम पेश गर्नुहोला”, पत्रमा उल्लेख छ ।

साथै परिपत्रमा शुल्क विवरण पेश गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णयसहित पेश गर्नुपर्ने उल्लेख छ । संस्थागत विद्यालयहरुले महँगो शुल्क लिएको गुनासोपछि महानगरले ऐनअनुसार पहिलो पटक ‘प्लस टु’को शुल्क नियमन गर्न लागेको बताइएको छ ।

महानगरका अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुनेछ । विद्यालयहरुले सो भन्दा बढी शुल्क लिए कारवाही गरिने महानगरले जनाएको छ ।