२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरनको शतकमा वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई दियो ३७५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा टस हारेर ब्याटिको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन जोडेको हो ।

वेस्ट इन्डिजका निकोलस पूरनले शतकीय इन्ङ्सि खेले । ६५ बल खेलेका उनी ९ चौका ६ छक्कासहित १ सय ४ रनमा अविजित रहे । यस्तै ब्रान्डन किङले ७६, जोनसन चार्ल्सले ५४, कप्तान तथा विकेटकीपर शाई होपले ४७ र कीमो पाउलले नटआउट ४६ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लीदे र सकिब जुलफिकरले २/२ विकेट लिए ।

नेदरल्यान्ड्स अब केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ ।