२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयको ७ दिनको अल्टिमेटम



अ+ अ-

काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौँ प्लाजामा रहेका कार्यालय खाली गर्न आग्रह गरेको छ । काठमाडौँ प्लाजाको भवनको माथिल्लो तलामा तत्कालीन अवस्थामा सञ्चालनमा रहेको राजघराना गजल रेष्टुराँ एण्ड पार्टी भेन्यू प्रालि र निरमाया दोहोरी साँझ प्रालिका सरसामानहरु रहेको सामान बुझिलिइ भरपाइ गर्न कार्यालयले आग्रह गरेको छ । यी कार्यालय गत २०७८ वैशाख २ गतेदेखि बन्द छन् ।

‘शिलबन्दी अवस्थामा रहेकोमा उपरोक्त व्यावसायिक संस्थाका सञ्चालकहरुसँग छलफल गरी गत वैशाख ४ गते वडा कार्यालयका प्रतिनिधि, प्रहरी र तपाईं सञ्चालकहरु समेतको रोहवरमा ताला खोली सामानहरु जे जस्ततो अवस्थामा रहेको छ । सोही अवस्थामा सामान बुझिलिइ भरपाई गरिदिनु भएको र सोको मुचुल्का समेत तया भइ हालसम्म पनि सो स्थान खाली नगरिदिनु भएकाले यस सूचना प्रकाशित गरिएको हो’, सूचनमा भनिएको छ ।

साथै कार्यालयले पटक पटक पत्राचार र भाइबरमार्फत घर खाली गरिदिन पत्राचार गरेको र यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र घर खाली नगरेर कानून बमोजिम घरखाली गर्ने कार्यालयको भनाइ छ ।