२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गा प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको देखिएको थियो। सीआईबीले उक्त जग्गामा शाहको समेत मिलेमतोको रहेको भन्दै उनलाई पक्राउ गरेको बताइएको छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार शाहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

सीआईबीले निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको छ । यस क्रममा सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसहित सात जनालाई पक्राउ गरिसकेको छ।

सिआइबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ।