२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण भएपछि के गर्ने ?



अ+ अ-

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।

संयुक्त अधिराज्य (बेलायत)को डार्टफोर्डस्थित डारेन्ट भ्याली अस्पतालमा १५ वर्षदेखि श्वासप्रश्वास विशेषज्ञका रूपमा कार्यरत डा। सुधिर लोहनी नेपाली चिकित्सकहरूको प्रतिनिधि हन् । उनी भन्छन्, “पहिलो त जहाँसुकै पनि सङ्क्रमण हुनै नदिने वातावरण बनाउनुपर्छ । सङ्क्रमित भइहालियो भने डराउनु भएन । हल्का लक्षण देखिएकाहरू अस्पताल जानै पर्दैन । सन्तुलित आहार, प्रशस्त झोलिलो कुरा र शरीरलाई चलायमान राख्न सकियो भने कोरोना निश्चित अवधिपछि आफैँ हराएर जान्छ ।

सन्चो छैन भनेर सुतेर बस्यो भने झन् गलाउँछ । त्यसैले श्वासप्रश्वाससम्बन्धी अभ्याससँगै कोठाभित्रै, भ–याङ वा बगैँचामा हिँड्डुल र कसरत अनिवार्य गर्नुपर्छ ।” उनका अनुसार शरीर चलायमान नहुँदा शरीर कमजोर भएर जटिलता आउने सम्भावना रहन्छ । सक्रिय नहुँदा निमोनिया हुने, रगत जम्नेजस्ता समस्या हुन सक्छन् । सामान्य लक्षण भएकाले खासै औषधि लिनुपर्दैन तर खोकी छ भने मह उपयोगी हुन सक्छ ।

कुनै पनि भाइरसको एउटा निश्चित समय हुन्छ, त्यसपछि उसको सक्रियता रहँदैन र यो रुघाखोकी जस्तै । तर, कहिलेकाहीँ सङ्क्रमणको तह बढी हुँदा शरीरलाई कमजोर बनाउने, मांशपेसी, छाती दुख्ने, बेहोस हुने, ज्वरो नियन्त्रण नहुने र श्वास फेर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार अगाडि बढनुपर्ने चिकित्सको सुझाव छ । डा। लोहनी भन्छन्, “तथ्यले ८० प्रतिशत मानिसलाई हल्का लक्षण देखाएको र ४० प्रतिशतले थाहा नपाएको स्थिति छ । त्यसैले आत्तिनुहुँदैन ।”

कोरोना लागिसकेका २५/३० प्रतिशत बिरामीलाई दीर्घकालीन असर देखिएको छ । विशेषगरी फोक्सोमा असर हुनाले श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीर कमजोर हुने, थाक्ने, नसासम्बन्धी समस्या हुने र छाती दुख्ने समस्या पछिसम्म रहेको पाइएको छ । त्यसैले कोरोना पुनस्र्थापना केन्द्र बनाउन जरुरी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।