२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने



अ+ अ-

काठमाडौँ । सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लाका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार सरकारले कालीकोटको रास्कोट नगरपालिका–६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका–२, बाँकेको राप्तीसोनारी गाउँपालिका–४, पाल्पाको रम्भा गाउँपालिका–३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका–१३, पर्साको जगरनाथपुर गाउँपालिका–५ र बाराको महागढीमाइ नगरपालिका–५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।

‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यीसहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछ ।