२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने



अ+ अ-

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने भएका छन् ।

बजेट पारित गर्नुअघि बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु यथावत् रहने जानकारी गराउनुभएको हो ।

उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूचि १६ को खण्ड (क) को क्रमसंख्या १० मा रहेको प्रावधान हटाएर हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी हाल कायम रहेको व्यवस्थालाई नै यथावत राखिने बताउनुभएको हो । उहाँले जिल्लामा निर्वाचन कार्यालय रहँदा नै निर्वाचन आयोगको काम स्वतन्त्र हुने कुराको सुनिश्चित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संघीय संसदको संयुक्त बैठकमा मैले मिति २०८० जेठ १५ गते प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची १६ को खण्ड क को क्रमसंख्या १० मा रहेको प्रावधानको सट्टा त्यसलाई हटाइ हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी व्यवस्था जुन अहिलेसम्म रहिआएको छ, यथावत् नै रहेको ब्यहोरा नेपाल सरकारको तर्फबाट सम्मानीत सदन एवम् सम्माननीय सभामुखज्यूलाई जानकारी गराउन चाहन्छु र जस्तो पहिला व्यवस्था थियो त्यस्तै व्यवस्था हुँदा नै निर्वाचन आयोगको स्वतन्त्र रुपमा जिल्ला जिल्लामा काम गर्ने कुरा सुनिश्चित हुन्छ । अन्य विकल्प भन्दा त्यही नै विकल्प हो भन्ने जुन कुराहरु आएको छ, त्यही अनुसार यो प्रस्ताव पेश भएको छ । सभामुख र सदनलाई नेपाल सरकारको तर्फबाट जानकारी गराउँछु ।’

अर्थमन्त्री महतले सो कुरा सरकारको तर्फबाट संसदलाई लिखित जानकारी गराएको पनि सभामुख देवराज घिमिरेले बताउनु भयो ।