२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेकअपपछि पहिलो पटक एकैसाथ देखिए टाइगर–दिशा



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दिशा पटानी र अभिनेता टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन् । ब्रेकअपपछि दिशा–टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिन लागेका हुन् ।

यस सम्बन्धमा एउटा भिडियो पनि सामाजिक सञ्जालमा आएको छ । रिपोर्टका अनुसार दिशा र टाइगर कार्यक्रममा सहभागी हुन मुम्बईबाट दिल्ली पुगेका थिए ।

भिडियोमा दिशा र टाइगर कार्यक्रममा एकअर्काको छेउमा बसेर कुराकानी गरिरहेको देखिन्छ । यस बाहेक दिशा र टाइगर एयरपोर्ट पुगेकाु भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर, दुवैले पापाराजीलाई फरक–फरक पोज दिएका छन् । टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन् । टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन् ।

गत महिना टाइगर श्राफले सामाजिक सञ्जालमा एक नोट लेखेर दिशा पटनीलाई जन्मदिनको शुभकामना दिएका थिए । दिशा अब करण जोहरको एक्शन फिल्म योद्धामा सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिनेछिन् । फिल्म २०२३ मा रिलिज हुनेछ । यस बाहेक दिशाले निर्देशक सिरुथाई शिवको फिल्मबाट तमिलमा डेब्यु गर्न लागेकी छिन् । यस फिल्ममा दिशा सुर्याको अपोजिटमा देखिनेछिन् ।




भर्खरै